युद्धको तयारीमा अमेरिका, बमबर्सक विमान उडान भर्दै



वासिंगटन,एजेन्सी ।

अमेरिकाले युद्धको परिस्थितिमा आफनो तयारीको परिक्षण गर्ने क्रममा लामो दुरीसम्म प्रहार गर्न सक्ने ६ बमबर्षक युद्धक विमान उडाएको छ । यी बमबर्षक विमान दक्षिण चीन सागरमा चीनसँग तनाव बढिरहेको बेला अमेरिकी स्ट्रेटेजिक कमान्डले युरोपियन कमान र प्यासेफिक कमान क्षेत्रमा उडान गरेको हो ।

उक्त क्षेत्रमा चीन र अमेरिका दुबैले आफना सैन्य शक्तिको जाल विछ्याउन शुरु गरेका छन् ।यी बमबर्षकले मे ७ उडान भरेको हो । स्ट्रेटेजिक कमान्डले कम्ब्याक्टस् कमान्डसँग मिलेर उक्त अभियान चलाएको हो । यस क्रममा ह्वाइटम्यान एयरफोर्स बेसका दुई बी–२ स्पिरिट बमर, माइनट एयरफोर्स बेसबाट दुई बी ५२ एच स्टेटोफर्टे«सेज र बार्कस्डले एरफोर्स बेसबाट दुई बी–५२ एचएस उडाएका थिए ।

विश्वभरीमा संभावित संकट र चुनौतीपुर्ण स्थितिलाई ध्यानमा राख्दै अमेरिकाले आफनो तयारीको आंकलन गर्न बमबर्षक उडाएको हो ।
चीनले साउथ चाइना सीलाई ध्यानमा राखी आफनो सैन्य रणनिति बनाइरहेको छ । चीनले उक्त जल क्षेत्रको ठुलो हिस्सामाथि आफनो सम्प्रभुता दावी गर्दै आइरुहेको छ ।

अमेरिकाले त्यसलाई अस्विकार गर्दै चुनौती दिँदै आइरहेको छ । यस क्रममा अमेरिकाले पनि आफना तीन युद्धपोत त्यहाँ तैनाथ गरेकोछ । स्याटलाइटबाट प्राप्त तस्विर अनुसार चीनले कृतिम टापु निर्माण गर्दै सैन्य अड्डा तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्