कोरोनाले पोलियो जस्तै जीवनभर रोगी बनाउन सक्छ : चिकित्सक



लन्डन,एजेन्सी ।

कोरोना भाइरस महामारीले सम्पुर्ण विश्व अहिले कष्ट झेलिरहेको छ । यस भाइरसको नयाँ नयाँ लक्षण अगाडी आइरहेको छ । फोक्सो र मुटुमा खराबीसँगै ह«दयघात वा मष्तिस्कघात जस्ता लक्षण पनि संक्रमितहरुमा देखिएका छन् । हरेक संक्रमित यस प्रकारको खराब स्थितिबाट गुज्रनु पर्ने अवस्थाको पर्खाइमा हुन्छन् ।

तर अब चिकित्सकहरुले यो भाइरसको असर मानव शरीरमा लामो समयसम्म रहने छ ।जसले कोरोना भाइरसलाई परास्त गरिसकेका छन् उनीहरु पनि कयौं प्रकारका रोगको खतरा बढेको चिकित्सकहरुले बताए । कोरोनाको लक्षण कुनै मानवमा ३० दिन वा त्यो भन्दा धरै दिनपछि पनि अगाडी आउन सक्ने आंकडाले देखाएको बेलायतका डाक्टरहरुले बताएका छन् ।

यो विश्व स्वास्थ्य संगठनले भने जस्तो १४ दिन भन्दा धेरै लामो समय हो ।सोधकर्ताहरुले दिएको प्रतिवेदनमा केही विरोमीमा यो भाइरस लामो समयसम्म दुख दिन सक्ने उल्लेख गरेको छ । पुर्वी लन्डनकी एक महिलामा शूरुमा खोकी र ज्वरोको लक्षण देखिएको र पछि डाक्टरहरुले उपचार शुरु गरेको तर त्यसको ९ हप्तापछि उनको मुटुमा समस्या देखिएको प्रतिवेदनमा जनाइएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको उपचार गरेका डाक्टर निकोलस हार्टले पनि यसको सम्भावनालाई लिएर चेतावनी दिएका थिए ।कोरोना भाइरस आगामी पिढीका लागि पोलियो प्रमाणित हुन सक्ने र आगामी बर्षहरुमा यसको प्रभाव देख्न पाउने उनले बताएका थिए । यसको संक्रममा सबै लक्षण तथा रोग देखिने उनले बताए । कोरोना भाइरसबाट बेलायतमा ३१ हजार ८ सय ५५ को मृत्यु भइसकेको छ भने विश्वभरी २ लाख ८३ हजार ८ भन्दा बढी यो महामारीको सिकार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्