कोरोना अपडेट : विश्वभर २ लाख ८४ हजारको मृत्यु



जेनेभा । 

 कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान गएको छ । अघिल्लो दिन ४ हजार २४८ जनाको मृत्यु भएको थियो ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ६५ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ८५५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय ५० जनाको मात्र ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ४२२ जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ७८७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १६५, स्पेनमा १४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर ४१,९६,७८४ १५,००,३८५ २,८४,०३४

१. युरोप १६,४०,९९४ ६,६५,६३५ १,५२,८६५

२. उत्तर अमेरिका १४,९९,११९ ३,२२,२४३ ९०,१०९

३. एसिया ६,७१,९८७ ३,७२,७६८ २२,२३८

४. दक्षिण अमेरिका २,९८,१३१ १,०३,६२३ १५,४००

५. अफ्रिका ६१,९८६ २१,६५१ २,२३२

६. ओसेनिया(अस्ट्रेलिया) ८,५३७ ७,६०८ ११८

दक्षिण एसियाली मुलुकहरु

१. भारत ६७,२५९ २०,९६९ २,२१२

२. पाकिस्तान ३०,९४१ ८,२१२ ६६७

३. बंगलादेश १५,६९१ २,९०२ २३९

४. अफगानिस्तान ४,४०२ ५५८ १२०

५. श्रीलंका ८६३ ३४३ ९

६. माल्दिभ्स ८३५ २९ ३

७. नेपाल १२१ ३१

८. भुटान ९ ५

प्रतिक्रिया दिनुहोस्