कोरोना भाइरस बिना खोप लुप्त भएर जानेछः ट्रम्प



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना कहरलाई लिएर धेरै पुर्वानुमान र भविष्यवाणी गरिसकेको छ । सन्चार माध्यममा आउने कथित फेक न्युजसँग आक्रोसपुर्ण विमति राख्दै अभिब्यक्ती दिइरहने राष्ट्रपति ट्रम्पका धेरैजसो दावी आफै फेक बनिसकेका छन् ।

कोरोनाले अमेरिकालाई छुन सक्दैन्, कोरोनाले अमेरिकामा ६० हजारको मृत्यु हुनेछ, कोरोना चीनको ल्याबबाट निस्केको हो, आदी उनका पुर्वानुमान हुन् ।

हालै उनले विश्वकै डाक्टर तथा वैज्ञानिकहरुलाई चुनौती दिँदै कोरोना भाइरस बिना कुनै खोप आफै हराउने बताए । खोप वा अन्य कुनै प्रकारको उपचार विधि तयार भइ नसकेकोले यो भाइरस विरुद्धको लडाईमा यसलाई नष्ट पार्ने एक मात्र उपायका रुपमा विश्वभरी नै लकडाउन लागु गरिएको छ । त्यसैले पनि ट्रम्पको पछिल्लो भविष्यवाणी फेक नहुने सम्भावना राख्छ ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आफनो रिपब्लिकन पार्टीका सांसदसँगको वार्तामा उक्त भविष्यवाणी गर्दै अमेरिका महानता तर्फ बढिरहेको बताएका थिए ।

ट्रम्पको यो बयान अमेरिका विकराल आर्थिक गिरावतपछि बेरोजगारी दर इतिहासकै सबैभन्दा उच्च स्तरमा पुगेको समय आएको हो । अमेरिकामा अहिलेसम्म मर्नेको संख्या ८० हजार नाघेको छ ।

राष्ट्रपति ट्रम्पले भने ( यो बिना खोप बिलाउने छ । यो जानेछ र हामीले फेरी यसलाई देख्नु पर्ने छैन । तपाई यसमा केही रिसाउन सक्नु हुन्छ ।

विश्वमा बिना खोप समाप्त भएका रोगहरु आउने गरेको उनले दावी गरे । ट्रम्पले भने ( यहाँ केही भाइरस र फ्लु छन् जुन आए । जब त्यसका लागि खोपको खोजी भयो, खोप बनाउन सकिएन, तर भाइरस गायब भयो र त्यो फेरी आएन ।

उनको यो दावीलाई लिएर खोपको आवश्यक नभएको हो, भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा ट्रम्पले भने ( म डाक्टरहरुको कुरामा मात्र विश्वास गर्छु ।

उनीहरु यसतो हुन गइरहेको भनिरहेका छन् । यसको अर्थ यो होइन कि यसै बर्ष हुन्छ, यसको अर्थ यो होइन कि यो जाँदैछ । तर अन्तत यो जाने छ । जहाँसम्म खोपको कुरा छ, यदि हामीसँग भयो भने धरै नै लाभदायी साबित हुने छ ।

यसैबीच ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्सको जिम्मेवारी सम्हालेका डाक्टर एन्टनी फसीले गत हप्ता खोप नआएसम्म कोरोनाको अन्त्य नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्