नोवल कोरोना सालक र चमेरोमा भएका भाइरसको मिलनको उपज



बेइजिंग, (एजेन्सी)

कोरोना भाइरस विश्वमा कसरी फैलियो भन्ने विषयलाई लिएर कयौ धारणा आइसकेका छन्, यद्यपी अहिलेसम्म सत्य तथ्य उजागर हुन सकेको छैन ।

हालै मात्र चीनमा भएको एक अनुसन्धानले सालक र चमेरोमा भएका भाइरसको मिलनबाटै नोवल कोरोना भाइरस उत्पन्न भएको हुन सक्ने नतिजा प्रति संकेत गरेको छ । यो सोधपछि वैज्ञानिकहरुले कोरोना भाइरस सार्स कोव–२ सालक हुँदै आफनो अन्तिम रुपमा पुगेको सम्भावनालाई मानेका छन् ।

साउथ चाइना एग्रिकल्चरल युनिभर्सिटी र ग्वांगडोंग ल्याब फर लिंगनन मोडर्न एग्रिकल्चरले नेचर अखबारमा एक शोधपत्र प्रकाशित गरेको छ । उक्त शोधमा सार्स कोव–२को वंशाणु श्रेणी सार्स कोभ र चमेरोमा पाउने एक प्रकारको कारोना भाइरस आरएटीजी १३ सँग धेरै समान रहेको उल्लेख गरिएको छ । सार्स कोव सन् २००३ मा एक जनावरमा भेटिएको थियो ।

यसबीच मलेसियमा सालकमा भेटिएको कोरोना भाइरस नोवेल कोरोना भाइरसको वंशाणु अमिनो एसिड ९० देखि १०० प्रतिशत सम्म समान पाइयो । शोधपत्र अनुसार सालकको कोरोना भाइरसको एस प्रोटिनमा धारकसँग टास्सिने हिस्सा सार्स कोव–२ सँग धेरै नै समान थियो र मात्र एक एमिनो एसिडमा फरक थियो जुन आफैमा त्यति धेरै महत्व थिएन । यो भाइरस २५ मा १७ सालकमा भेटिएको थियो ।

अहिलेसम्म चमेरोका कारण कोरोना भाइरस फैलिएको भन्ने छ । यद्यपी कुनै पनि वैज्ञानिक अनुसन्धान बाहिर आएको छैन । यो शोधले चमेरोमा कयौं कोरोना भाइरस हुने कुरालाई स्विकारेको छ । तर अन्य प्राणीमा पनि सार्स कोभ – २ हुन्छ भन्ने प्रष्ट भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्