बेलायतमा जुन १ सम्म लकडाउन



लन्डन (एजेन्सी)

बेलायतका प्रधामन्त्री बोरिस जोनसनले जुन १ सम्मका लागि लकडाउन बढाउने घोषणा गरेको छ । बोरिस जोनसनले यो हप्ता नै लकडाउन खोल्न नसकिने बताए ।

देशको नाममा दिएको संदेशमा जोनसनले केही प्राथमिक स्कुल र पसल जुन १ मात्र खुल्न सक्ने बताए । जुलाइ १ देखि केही सार्वजनिक स्थान पुन खुल्ने उनले बताए । यद्यपी यस क्रममा सबैले मास्क लगाउन जरुरी हुने उनले बताए ।

सरकार लकडाउनबाट बाहिर आउने रणनिति बनाउने दवाबमा रहेको जोनसनले बताए । कोरोनाले बेलायतमा ३२ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मृत्युको मामिलामा बेलायत अमेरिकापछि दोस्रो स्थानमा छ र युरोपमा सबैभन्दा माथि छ । अहिलेसम्म लकडाउनमा जनताले जुन त्याग देखाएको छ, त्यसलाई बर्बाद गर्नु एक पागलपन हुने जोनसनले बताए ।

संसदका तर्फबाट सोमबार एक ससर्त योजना र त्यसको जानकारी साझा गरिने पनि उनले बताए । बेलायत पुरै समय स्तर ४ मा रहेको र सावधानीपुर्वक कदम उठाएपछि मात्र स्तर ३ मा पुग्न सकिने उनले बताए । यदि संक्रमण बढ्ने क्रम जारी रहेमा प्रतिबन्द बढाउन सक्ने पनि जोनसनले स्पष्ट संकेत दिए ।

प्रतिक्रिया दिनुहोस्