कोरोनाका कारण चुनाव स्थगित



वार्सा,एजेन्सी ।

प्राणघातक कोरोना भाइरस महामारीको कारण आइतवार हुने भनिएको राष्ट्रपतिय निर्वाचन स्थगन गर्न पोल्यान्डको सत्तारुढ गठबन्धन पार्टीहरु विहिवार सहमत भएका छन् । तर राष्ट्रवादी ल एन्ड जस्टिस (पिआइएस) पार्टीले भने ४७ वर्षिय राष्ट्रपति आन्द«ेज दुदालाई पुन निर्वाचित गराउन अहिल्यै चुनाव सम्पन गराउन चाहेको थियो ।

तर सहायक गठबन्धन साझेदार एग्रिमेन्ट र विपक्षी समुहले भने पिआइएसले जनताको ज्यान जोखिममा परेकोबेला राजनीतिक फाइदा उठाउन खोजेको अरोप लगाएका छन् । यथा संभव छिटो चुनावको नयाा तिथी घाषणा गरिने सरकारी प्रवक्ताले जाएको छ ।

अन्तर्राष्ट्रिय तथा पोलिस निर्वाचन पर्यवेक्षकहरु दुवैले लकडाउनको कारण चुनाव निष्पक्ष र स्वतन्त्र पनि नरहने तथा उम्मेदवारहरुले चाहे जसरी चुनाव प्रचार प्रसार अभियान पनि चलउन नसक्ने बताएका छन् । अमेरिकाको जोहन्स हप्किन्स विश्वविद्यालयका अनुसार पोल्यान्डमा झण्डै १५ हजार व्यक्ति कोभिड १९ संक्रमित रहेका छन् भने ७ सय जा भन्दा बढिको ज्यान गइसकेको छ ।

अधिकांश पश्चिमी युरेपेली मुलुकका तुलनामा पोल्यान्डमा भाइरस संक्रमितको संख्या न्युन रहेपनि पोलिस स्वास्थ मन्त्रीले महामारी चरम अवस्थामा पुगि नसकेको टिप्पणी गरेका छन् । राष्ट्रपति दुदाको शासनकालमा न्यायालय र संचार क्षेत्र लगायत समाजमा वावादास्पद परिवर्तनहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्