‘तस्करको जहाजबाट कोरोना भाइरस फैलियो’



वासिंगटन,एजेन्सी ।

प्रशान्त महासागरमा तैनाथ गरिएको अमेरिकी नौसेनाको युद्धपोत डेस्ट्रयर किडका चालकदलमा पनि कोरोना भइरस संक्रमण देखिएको अमेरिकी रक्षा सुत्रले जनाएको छ । तर एकजना वरिषठ प्रतिरक्षा अधिकारीका अनुसार सो भाइरस संक्रमणमा लागु औषध तश्करहरुको एउटा सानो जहाज जिम्मेवार रहेको छ ।

चालक दलका दर्जनौं सदस्यमा कोभिड १९ को लक्षण देखिएपछि जलिय क्षेत्रमा तैनागथ गरिएको करिव एक महिना पछि नै सो युद्धपोतलाई बन्दरगाहमा फर्काइनु परेको छ ।

हवाई स्थित वन्दरगाहमा फर्काइनु अघि डिस्ट्रयरका पहिलो सदस्यमा २२ अप्रिलमा कोभिड १९ को लक्षण देखिएको युएसएनआइ न्युजले जनाएको छ । तर अमेरिकी रक्षा मन्त्री मार्क एसपरले भने लागु औषध तश्करहरुले प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको जहाजबाट से भाइरस सरेको हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्