कोरोना अपडेट : विश्वभर २ लाख ८० हजारको मृत्यु



जेनेभा ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४८ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ४१ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ५८७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९४, स्पेनमा १७९ र फ्रान्समा ८० जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.महादेश कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर ४१,१५,५४९ १४,४६,२१५ २,८०,५९३

१. युरोप १६,१७,६३८ ६,५१,१८६ १,५१,८८२

२. उत्तर अमेरिका १४,७४,७७९ ३,०१,३६३ ८९,०५४

३. एसिया ६,५३,७५७ ३,६०,१३९ २१,८९२

४.दक्षिण अमेरिका २,९८,१३१ १,०३,६२३ १५,४००

५.अफ्रिका ६१,९८६ २१,६५१ २,२३२

६.ओसेनिया९अस्ट्रेलिया० ८,५३७ ७,६०८ ११८

दक्षिण एसियाली मुलुकहरु

१. भारत ६२,९३९ १९,३५८ २,१०९

२. पाकिस्तान २९,४६५ ८,०२३ ६३९

३. बंगलादेश १३,७७० २,४१४ २१४

४. अफगानिस्तान ४,०३३ ५०२ ११५

५. श्रीलंका ८४७ ३२१ ९

६. माल्दिभ्स ७९० २९ ३

७. नेपाल ११० ३१

८. भुटान ७ ५

.

प्रतिक्रिया दिनुहोस्