अमेरिकामा यूएफसी खेल सुरु



वाशिन्टन, एजेन्सी ।

कोरोना भाइरस महामारीबीच अमेरिकामा अल्टिमेट फाइटिङ च्याम्पियनशिप (यूएफसी) खेल सुचारु गरिएको छ ।करिब दुई महिनादेखि खेलकूद गतिविधि ठप्प रहेको अवस्थामा आइतबारदेखि बन्द रंगशालामा यूएफसी भिडन्त सुरु गरिएको हो । सुरक्षाको नयाँ नियमका साथ उक्त प्रतियोगिता सुरू गरिएको हो । नयाँ नियम अनुसार दर्शकले खेलस्थलमा जाने अनुमती भने पाएका छैनन् ।

त्यस्तै खेलस्थलमा उपस्थित अफिसियल तथा अन्य सबैलाई मास्क अनिवार्य गरिएको छ ।अमेरिकामा लगभग आठ हप्तासम्म कुनै पनि खेल गतिविधि प्रत्यक्ष प्रसारण गरिएको थिएन ।

यसअघि वर्ल्ड रेस्लिंग इन्टरटेनमेन्ट (डब्लूडब्लूई) मात्र खाली एरिनामा हुँदै आएको छ । जसलाई टेलिभिजनले सम्पादन गरेर मात्र प्रसारण गर्ने गरेको छ । त्यस्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युएफसीलाई खेल सुचारु गरेकोमा बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्