अस्पतालबाटै मुद्धाका काम सुचारु



वासिंगटन,एजेन्सी ।

पित्त थैलीको उपचारका लागि अस्पतालमा भर्ना भएको मात्र एक दिनपछि अमेरिकी सर्वोच्च अदालतका महिला न्यायधिश रुथ ब्याडर गिन्सवर्गले अस्पतालको शैयाबाट आफ्नो अदालती काम कारवाही पूरा गरेकी छन् ।

पित्त थैलीमा भएके संक्रमणको बिना शल्य क्रिया उपचार गराएको केहि समयपछि नै ८७ वर्षिया गिन्सवर्गले दुईवटा मुद्धामा सहभागि भएको अदालतको सुत्रले विहिवार जनाएको छ ।

यसअघि अदालतका प्रवक्ता क्यथी आर्वर्गले उनी बाल्टिमोरको जोहन्स हप्किन्स अस्पतालमा उपचार पछि आराम गरिरहेको जाकारी दिएका थिए । उनलाइृ बुधवार राति अस्पतालबाट डिस्चार्ज गरिएको थियो । अमेरिकी संविधन अनुसार सर्वोच्च अदालतका न्यायधिशले आजिवन सेवा गर्न पाउँछन् । साथै चाहेको खण्डमा तिनीहरुले स्वअवकाश पनि लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्