भारत-चीन सीमाक्षेत्रमा झडप हुँदा ११ सैनिक घाइते



एजेन्सी ।

भारत-चीन सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ ।

शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा भएको सो झडपमा परी दुवैतर्फका ११ सैनिक घाइते भएका छन् । दुबै पक्षका सैनीकबीच शुरु भएको सामान्य विवादले उग्ररुप लिएपछि झडप भएको थियो ।

घाइते हुनेमा सात चिनियाँ तथा ४ भारतीय सैनिक रहेको विभिन्न सञ्चार माध्ययमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्