कोरानाविरुद्धको लडाइमा ट्रम्पको नीति अराजक विपत्ति : ओबामा



वासिंगटन (एजेन्सी) ।

अमेरिका कोरोना भाइरस संक्रमणले आक्रान्त बनिरहेको छ । हरेक दिन हजारौं नागरिकले ज्यान गुमाइरहेका छन् र अहिलेसम्म करिब १३ लाख संक्रमित भइसकेका छन् ।

देशमा कोरोना संक्रमणको खराब स्थितिलाई लिएर पुर्व राष्ट्रपति बाराक ओबामा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहर्याएको छ । बाराक ओबामाले कोराना विरुद्धको लडाईँमा अमेरिकी प्रशासनको रवैया अराजक विपत्तीको संज्ञा दिएको छ ।

सामान्यतया ओबामाले डोनाल्ड ट्रम्प विरुद्ध कुनै राजनितिक टिप्पणी गर्दैन । डोनाल्ड ट्रम्प पटक पटक ओबामा विरुद्ध कडा टिप्पणी गरिरहेको हुन्छ । तर पनि उनले कुनै जवाफ दिएको छैन । यहाँ सम्म कि कोरोना विरुद्ध लडाईमा आवश्यक उपकरणको आपुर्तीको समस्याका लागि पनि ट्र्रम्पले ओबामा र उनका कार्यकाल नै दोषी भएको बताएका छन् ।

यसबीच बाराक ओबामाले शुक्रबार ओबामा अलुम्नाइ एसोसियनमा आफनो शासनकालमा काम गरेका ३ हजार सहयोगीसँग कुरा गरेका थिए । यो बंगकमा ओबामाले जनतासँग राष्ट्रपति चुनावमा डेमोक्र्याटका सम्भावित उम्मेदवार जोय् बाइडेनलाई साथ दिन अपिल गरेका थिए ।

ओबामाले भने -‘ विश्व महामारी विरुद्धको हाम्रो जवाफ अत्यन्त निरासाजनक र प्रभावहिन छ । बाकीँ सबै काम नलाग्ने मानसिकतासँग यो अत्यन्त अराजक विपत्ती जस्तो बनेको छ ।’

ओबामाले खुला रुपमा आगामी चुनावमा आफु जोय बाइडेनका लागि ब्यापक प्रचार प्रसारमा खट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्