पाद रोक्न नसक्दा पक्राउ



लन्डन (एजेन्सी) ।

अपराधीको खाजी गरिरहेका बेलायतका प्रहरीलाई अचम्मले ती आरोपीहरु हात परेका छन् ।

नटिंगमसायर प्रहरी ब्रुकसाइड वाकमा दुई आरोपी पक्राउ गर्ने क्रममा उनीहरुको खोजी गरिरहेका थिए । तर उनीहरु नजिकको झाडीमा लुकेका थिए । उनीहरुलाई खोजी रहेका प्रहरीले झाडीबाट पादेको आवाज सुनेपछि उनीहरुलाई त्यहाँबाट कब्जामा लिइहाले ।

प्रहरीले यस घटनाका बारेमा सम्पुर्ण जानकारी फेसबुकमा राखेको छ । कसरी उनीहरु दुई आरोपीलाई गिरफ्तार गर्न सफल भए । अँध्यारोमा लुकेका ती दुईलाई प्रहरीले विहिबार हिरासतमा लिएको थियो । झाडीमा लुकेका आरोपी पक्राउ परेको यो घटनामा नागरिकहरु रमाइलो मानिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्