चालु शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्न आग्रह



महाराष्ट्र। 

 भारतको महाराष्ट्र प्रदेशका शैक्षिक संस्थाहरुलाई चालु शैक्षिक सत्रमा शैक्षिक शुल्क बृद्धि नगर्न आग्रह गरिएको छ । महाराष्ट्र शिक्षा विभागले शैक्षिक सत्र २०२०–२१ मा शैक्षिक शुल्क बृद्धि नगर्न शनिबार आग्रह गरेको हो ।

अविभावकहरुले यसअघि निर्धारण गरिएको शैक्षिक शुल्क तिर्न पनि गाह्रो हुने अवस्था रहेकाले थप बृद्धि गर्नु उपयुक्त देखिदैन, विभागले भनेको छ । उनीहरुलाई तत्काल शुल्क तिर्न बाध्य नपार्न वा दवाव नदिन पनि विभागले आग्रह गरेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि भारतमा अहिले पनि देशव्यापी लकडाउन कायमै रहेको छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएकाले विद्यार्थीले पढ्न पाएका छैनन भने अविभावकहरुको आम्दानी पनि घटेको छ ।

अहिले आम्दानी नभएकाले उनीहरुलाई शुल्क तिर्नका लागि मासिक वा चौमासिकमा तिर्न मिल्ने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ । भारतमा पटक पटक थप्दै लम्ब्याउदै गरिएको देशव्यापी लकडाउन अहिले यही मे १७ तारिखसम्मका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्