तीन स्वास्थ्यकर्मीको हत्या



मेक्सिको सिटी,एजेन्सी ।

मेक्सिकोको सरकारी अस्पताल प्रणालीमा कार्यरत तीनजना स्वास्थकर्मी दिदीबहिनीलाई शुक्रवार उत्तरी सिमा शहरको आहिलामा घाँटी थिचेर मारिएको अवस्थामा फेला पारिएको मेक्सिकोका प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको महामारी बढ्ने क्रममा मेक्सिकोमा स्वास्थ स्याहार कार्यकर्ताहरुमाथि सांघातिक हमला हुने भयावह घटनाहरु पनि बढ्न थालेको छ । मारिने मध्ये दुईजना दिदीबहिनी मेक्सिकन सोसियल सेक्युरिटी इन्स्टिच्युटका नर्स हुन् भने अर्की एक अस्पतालको प्रशासन शाखामा कार्यरत रहेकी छन् ।

तर अहिले सम्म आक्रमण र तिनीहरुका पेसाबीच कुनै सम्बन्ध हुनसक्ने कुनै पनि प्रमाण फेला परेको छैन । सुरक्षा सुत्रले स्थानिय संचार माध्यमलाई हत्या पछाडि लुट्ने उद्देश्य रहेको हुनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्