अमेरिकी उपराष्ट्रपति पेन्सका सहयोगीलाई पनि कोरोना संक्रमण



वासिंगटन,एजेन्सी । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सका एकजना वरिष्ठ सहयोगीमा कोभिड १९ संक्रमण देखिएको छ । अघिल्लो दिन मात्र व्हाइट हाउसका एकजना कर्मचारीहरुमा भाइरस संक्रमण भएको पाइएको थियो । पेन्सका प्रेस सचिव क्याटी मिल्लरमा शुक्रवार कोरोना भाइरस पोजिटिभ देखिएको हो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लुगाधुने कर्मचारीमा भाइरस भेटिएको हो ।

व्हाइट हाउसले पेन्स र ट्रम्पको पनि नियमित रुपमा स्वास्थ परिक्षण भइरहेको तथा तिनीहरुका स्वास्थ रक्षाका लागि हर संभव प्रयासहरु भइरहेको जानकारी दिएको छ । अहिले अमेरिकामा भाइरसको संक्रमणको कारण मर्नेको संखया ७६ हजार नाघिसकेको छ भने राज्यहरुमा नियमित जीवनशैली पुन शुरु गर्ने काम पनि शुरु हँदैछ ।

कोराना पोजिटिभ रिपोर्ट प्राप्त हुनासाथ शुक्रवार वासिंगटन डिसि बाहिरको विमानस्थलमा रहेको एयर फोस् २ विमानबाट पेन्सको टोलिका छ जना सदस्यलाई तत्कालै विमानबाट ओरालिएको थियो । पेन्स आइओवामा धार्मिक नेताहरुसंग भेट्न जाने तयारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्