अमेरिका-युरोपका बालबालिकामा नयाँ रोगको संक्रमण देखियो



लन्डन (एजेन्सी) ।

विश्व अहिले कोरोना भाइरसको कहरबाट मुक्त हुन सकेको छैन, कहिले हुने हो त्यो पनि निश्चित छैन । यसको विकराल र यो भन्दा भयावह स्थितिको सामना गर्नु पर्ने सम्भावनालाई लिएर मानव भित्र भित्रै त्रसित बनिरहेकै बेला अर्को एक रहस्यमय रोगले कयौं देशमा खुट्टा पसारिरहेका छ ।

अमेरिका र युरोपका कयौं देशमा यो रोगबाट पिडित देखिएका छन् । बेलायतमा यस रोगबाट एक बच्चाको मृत्यु पनि भइसकेको छ । यो रोगलाई पेडिएट्रिक मल्टी सिस्टम इनफ्लेमेट्री सिंड्रोम नाम दिइएको छ । यसलाई कोविड १९ सँगै जोडेर हेर्न थालेको छ ।

बेलायतमा कम्तिमा ६४ बच्चा तथा किशोर यो रोगसँग लडिरहेका छन् । शोधकर्ताहरुले यसबाट बच्चाहरुमा कयौं दिनसम्म चर्को ज्वर हुने गरेको बताएका छन् । यसको अन्य लक्षणमा पेट दुख्ने र पटक पटक वान्ता हुने गर्छ । हार्भर्ड मेडिकल स्कुलमा प्रोफेसर जेन न्युबर्गरका अनुसार यसको अहिलेसम्म अत्यन्त कम मामिलामात्र आएको तर संख्यामा लगातार बृद्धी भइरहेको छ । डाक्टर तथा वैज्ञानिक अहिले यसको प्रारम्भिक तहसम्म पुग्ने प्रयासमा छन् ।

यसले केही बच्चाहरुलाई मात्र किन आफ्नो निसाना बनाइरहेको छ भन्ने विषयमा थाहा हुन सकेको छैन । यस संक्रमणका कारण कुनै बच्चा बिरामी जस्तो देखिएमा डाक्टरलाई देखाउनु पर्ने चिल्ड्रेन्स हस्पिटल कोरोराडोका डाक्टर ओ लोरीले सचेत गराएकी छिन् । उनका अनुसार यो रोग युरोपबाट शूरु भएको हो र अधिकांश बच्चा यसबाट स्वस्थ हुने संकेत पाइरहेको छ । तर द लान्सेटमा प्रकासित एक समाचारमा १४ बर्षका एक किशोर यो रोगबाट मृत्यु भएको उल्लेख गरिएको छ । फ्रान्स, इटाली र स्पेनमा पनि यो रोगका विरामी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्