कोरोना अपडेट : विश्वभर दुई लाख ७६ हजार २१५ को मृत्यु, ४० लाख बढि संक्रमित



न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार ७७० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १३ लाख ८५ हजार १२३ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३१ हजार २४१ जनाको मृत्यु भइसकेको छ भने २ लाख ११ हजार ३६४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, इरानमा ६ हजार ५४१, बेल्जीयममा ८ हजार ५२१, जर्मनीमा ७ हजार ५१०, नेदरल्याण्डमा ५ हजार ३५९, टर्कीमा ३ हजार ६८९, स्वीजरल्याण्डमा १ हजार ८२३, ब्राजिलमा १० हजार १७ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १०२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्