थाकेर सुतेका मजदुरमाथि रेल गुड्दा १५ को मृत्यु



मुम्बई (एजेन्सी)

भारतको महाराष्ट्र् राज्यको औरंगाबादमा रेलवे ट्य्राकमा सुतिरहेका आप्रवासी मजदुरमाथि रेल कुद्दा करिब १५ मजदुरको मृत्यु भएको छ । यो भयानक दुर्घटना महाराष्ट्र्को औरंगाबादको कर्माड स्टेसन नजिकै स्थानिय समय विहान ६ भएको हो ।

प्रारम्भिक जानकारीमा ती मजदुर औरंगाबाद गइरहेको र थकानका कारण आराम गर्न रेलवे ट्य्राकमै सुतेका थिए । शुक्रबार विहानै करिब साढे ६ बजे एक मालगाडी ट्य्राकमा सुतिरहेका मजदुरहरुलाई किचेर गएको थियो ।

१९ जनाको समुहमा रहेका प्रवासी मजदुरहरु औरंगाबादबाट उनीहरुको गाउँ जाने रेल पक्रन जालनाबाट औरंगाबाद हिड्दै गइरहेका थिए । राती थाकेपछि सबैले सटाना सिवार इलाकामा रेलवेको लिकमै सुत्ने ब्यवस्था मिलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्