विर्यमा पनि कोराना, यौन सम्पर्कबाट पनि फैलिन सक्छ



बेइजिंग (एजेन्सी)

छुनुले र स्वास प्रश्वासको माध्यमबाट फैलिनसक्ने कोरोना भाइरस अन्य कुन कुन माध्यमबाट सर्न सक्छ भन्ने विषयमा अझै अध्ययन जारी छ । यस अध्ययनका क्रममा यौन सम्पर्कबाट पनि सर्न सक्ने संकेत स्वरुप विशेषज्ञहरुले केही प्रमाण प्राप्त गरेका छन् ।

उनीहरुले कोरोना संक्रमणको उपचारपछि ठीक भइसकेका पुरुषहरुको विर्यमा संक्रमण फेला पारेका छन् । चीनमा शोधकर्ताहरुले ३८ पुरुषको विर्यको विश्लेषण गरेका थिए जसमा कोरोना पोजिटिव थियो ।

शोधकर्ताका अनुसार ती मध्य केहीमा सुधार भएको छ भने केहीमा संक्रमण कायम छ । ६ मध्य १ को विर्यमा कोरोना भाइरस भेटिएको छ । यसमा ती ब्यक्ती पनि परेका छन् जो लामो समयसम्म विरोमी थिएनन् ।

चीन्को सांगकियु म्युनिसपल अस्पतालमा यो अध्ययन गरिएको हो । हेनान प्रान्चमा यहि अस्पतालमा मात्र कोरोनाको उपचार भइरहेको छ । जनवरी देखि फेब्रुअरीकोबीचमा १५ बर्षभन्दा माथिका कोरोना पोजिटिव देखिएका केटा तथा पुरुषहरुबाट नमुना संकलन गरिएको हो । ३८ जनामा १५ जना गम्भिर रुपमा विरामी भएका थिए ।

चीनका वरिष्ठ सक्रामक रोग विशेषज्ञले यो नतिजा आश्चर्य पार्ने खालको नभएको बताए । किनभने विर्यमा जीका र इबोला भाइरस पनि भेटिएका थिए । यद्यपी चीनको यो अध्ययनले यौन सम्पर्कबाट संक्रमण हुन सक्छ नै भन्ने प्रमाणित गर्न नसकेको भएपनि चिनियाँ वैज्ञानिकहरुले यसतो हुन सक्ने आशंका गरेका छन् ।

यस नतिजाका कारण नागरिकहरुमा यौनलाई लिएर थप भय उत्पन्न भएको छ । यौन सम्पर्कबाट दुरी राख्नुले कोरोना संक्रमणबाट बचाउन सक्छ भन्ने उनीहरुलाई लागेको छ । विश्वभरी कोरोना भाइरस संक्रमित करिब ४० लाख पुगेको छ । यो आंकडा वास्तविक भन्दा धरै कम हुन सक्छ किनभने यसमा जाँच नभएका तथा संक्रमणको सामान्य लक्षण भएर बिना परिक्षण घरमै ठीक भएकाहरु समावेश छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्