करोड बढीले हेरे माया जदौ



लकडाउनका कारण सबैजसो नेपाली होम क्वारेन्टाइनमा भएकाले युट्युबमा फिल्म र गीत हेर्नेको संख्या बढ्न थालेको छ।
यसै क्रममा समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म हिजो आजका कुराको माया जदौ बोलको गीतले एक करोडभन्दा बढी भ्युज पाएको छ। दुई महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रियासहित चर्चा पाइरहेको छ।

साकार पन्तको डेब्यु निर्देशनमा ख्यातिप्राप्त हास्य अभिनेता सन्तोष पन्तद्वारा निर्मित हिजो आजका कुराको यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजित बास्कोटा, भुवन चन्द थापा, वसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नीतेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मञ्जु श्रेष्ठ, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ।

कोरोना भाइरसका कारण जारी लकडाउनका कारण प्रदर्शन स्थगित गरिएको फिल्म जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ। आफ्नो फिल्मको गीतले छोटो समयमै करोडभन्दा बढी भ्युज पाएकोमा निर्देशक साकारले खुसी व्यक्त गरेका छन्।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेबिका कार्की, रमेश अधिकारी, विनय कुइँकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन्। पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा वैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सहनिर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्