साइप्रसमा नेपालीद्वारा नेपालीको छुरा प्रहार गरी हत्या, नेपाली दुताबास इजरायल घटनाबारे बेखबर



दिपेन्द्र गजुरेल,स्पेन ।

साइप्रसको निकोसियास्थित आफ्नै फ्ल्याटमा रक्सी पार्टी चलिरहेकै अवस्थामा एक आपसमा घरको कामको विषयमा विवाद हुदाँ सुवास गिरीले आफ्नै कोठामा बस्ने विवेक अमाईगाईको हत्या गरेका छन् । स्थानीय समय अनुसार मंगलबार राती १०: ३० बजेको समयमा गिरी र अमाईगाईविच घरको काम गर्ने विषयलाई लिएर झगडाले उग्ररूप लिएपछि घर बाहिर बोलाएर सुवास गिरीले  विवेक अमाईगाईको छुरा प्रहार गरी हत्या गरेको उनिहरू निकट साथिहरूले बताउँछन् । मृत्यु हुने अमागाई चितवन रत्ननगरपालिका १२ जमुनापुरका हुन भने हत्या गर्ने गिरीको पुरानो  घर सिन्धुपाल्चोक हो भने हाल भक्तपुर बस्दै आएको बताइएको छ ।

अमागाई करिब डेढ बर्ष अघि विध्यार्थी भिषामा आएका थिए भने दुई वर्षअघि गिरी समेत विध्यार्थी भिषामा आएका थिए । हत्या गरे लगतै गिरीले स्थानिय प्रहरीमा आत्मसमर्पण गरेको स्थानिय पत्रकार दिनेश गौतमले बताए । पत्रकार गौतमका अनुसार करिब ५ जना उक्त घटनामा रहेको आसङ्कामा स्थानिय प्रहरीले अनुसंन्धानका लागि पक्राउ गरेको बताउँछन् । घटनाका विषयमा स्थानिय प्रहरीले तिब्र रूपमा अनुसन्धानलाई अघि बढाई रहेको प्रहरीले जनाएको छ ।

नेपाली राजदुताबास तेल अवीवका प्रथम सचिव एवम् सुचना अधिकृत अर्जुन घिमिरेका अनुसार साइप्रसस्थित नेपाली कन्सुलर डा. रामजिवन पंजियार मार्फत बुझ्ने कामहरू भैइरहेको र प्रहरीले आधिकारीक रिपोट राजदुताबासलाई पठाउँछ अनि के भएको आधिकारी धारणा सार्वजनिक गर्ने बताए । दुताबास श्रोतका अनुसार भौगोलिक हिसाबले पनि साइप्रस इजरायलबाट अपाएक ठाउँमा रहेको देश त्यहाँस्थित कन्सुलरकै भरमा दुताबास चल्न परेको अवस्था त्यहाँ नेपालीलाई भै परी आउने समस्या तत्काल समाधान गर्न दुताबास अक्षम बन्दै गएको छ।

इजरायलका लागि नेपाली राजदुत डा. अन्जना शाक्यले दुताबास कर्मचारी र कार्यालयको नम्बर बाहेक आफ्नो मोबाईल नम्बर सार्वजनिक नगर्दा इजरायलमै नेपालीहरूलाई भै परी आउने समस्या तत्काल समस्या नहुने गरेको एनआरएनए इजरायलका पुर्व अध्यक्ष तथा अन्तराष्ट्रिय समन्वय समितिका सदस्य एवम् समाजसेवी दिपक प्रसाद ओलीले दुखेसो सुनाए ।

ओली भन्छन् ‘नेपाल सरकारले विभिन्न देशमा राजदुताबास राखेको नेपाली जनतालाई भैपरी आउने समस्या समाधान र कुटनितिक सम्बन्धको लागि स्थापना भएका दुताबासका राजदुतहरूले आँफुलाई महारानी र महाराज सम्झदा नै प्रवासमा बस्ने नेपाली समुदायहरूको सरकार प्रति दृष्टिकोण नकारात्मक भएको जिकिर गरे।’

प्रतिक्रिया दिनुहोस्