डी मारिया दम्पतीको म्यानचेस्टरप्रति घृणा



पेरिस,एजेन्सी।

अर्जेन्टिनाका स्टार खेलाडी एन्जेल डि मारियाकी श्रीमतीले म्यानचेस्टर युनाइटेडमा बिताएको समय निकै निरासजनक रहेको बताएकी छन् । म्यानचेस्टर युनाइटेडबाट डि मारियाले खेलेको सिजनमा आफ्नो हत्या इंग्ल्यान्ड हुने डर भएको बताइन् । प्रिमियर क्लबका लागि डि मारियाले २७ खेलमा मात्र ३ गोल गरेका थिए । उनी हाल पेरिस सेन्ट जर्मेन(पीएसजी) बाट खेलिरहेका छन् । उनकी श्रीमती जोर्जलीना कार्डोसोले टीभी शो मा खुलासा गरिन् कि इंग्ल्यान्डका मान्छे ठिक नभएको र त्यहाँका आईमाईहरुले मेकअप पनि धेरै नै गर्छन् ।

सन् २०११ मा डिमारियासँग बीहे गरेकी कार्डोसोले स्पेनी भाषाको शो लस एन्जेल्स डी ला मानानामा बताइन्—एक दिन एन्जेल आए र मलाई भने म्यानचेस्टरबाट प्रस्ताव आएको छ । मैले उनलाई भने अन्य कुनै स्थानमा तर इंग्ल्यान्ड हुँदैन । र एक वर्षपछि हामी म्यानचेस्टरमा पुग्यौं । त्यहाँ धेरै पैसा थियो । मलाई त्यहाँ केही पनि मन परेको थिएन ।

मान्छेहरु पनि अजीब अजीबका भेटियो । कुन बेला कसले मार्छ वा मार्दैन त्यो डर थियो ममा । खाना पनि नमिलेको, केटीहरु पनि धेरै नै मेकअप गर्छन जस्तो उनीहरु पुतलीहरु हुन् । सन् २०१५ मा उनीहरु बसेको घरमा चोरीको प्रयास पनि भएको थियो । म्यानचेस्टर युनाइटेडका प्रमुखले डि मारियाको घरमा सुरक्षा टोली पनि पठाएका थिए ।

डिमारियाले बताए—म एक्लै एक वर्ष बसेँ । मेरो करियको यो राम्रो समय पनि थिएन वा उनीहरुले नै मलाई राम्रो समय बनाउन दिएनन् । त्यो समयमा कोचसँगै समस्या परेको थियो । तर भगवानलाई धन्यवाद छ कि म पीएसजीमा आइपुगे । ३२ वर्षीय डि मारियाले फ्रान्सको राजधानीमा आफ्नो लय समाएका छन् । उनले हालै लिग वान को उपाधि जित्न पाएका छन् ।

उनले पीएसजीका लागि २ सय १७ खेलबाट ८० गोल गरेका छन् । उनले सन् २०१६ देखि हालसम्म नौ वटा ट्रफी पनि जितेका छन् । उनका पीएसजी टिमका साथी मार्सिन बुल्काले हालै खुलासा गरे कि जब टिभीमा युनाइटेडको खबर आउँछ डिमारियाले टिभी निभाइदिन्छन् । बुल्काले स्पष्ट पारे—डि मारियाले म्यानचेस्टर युनाइटेडलाई घृणा गर्छन् । उनीसँग त्यहाँ बिताएको समयको कुनै राम्रो स्मरण छैन । जब म्यानचेस्टर युनाइटेडसँग सम्बन्धित खबर आएमा उनले तुरुन्तै टिभी अफ गर्छ या अर्को च्यानेल राख्छ ।

प्रतिक्रिया दिनुहोस्