जोकोभिचको उद्देश्यमा थिएमको विरोध



लन्डन, एजेन्सी ।

सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले टेनिस खेलाडीहरुको मद्दतका लागि बनाइएको फण्डको उद्देश्यलाई लिएर अस्ट्रियाली टेनिस खेलाडी डोमिनिक थिएमले विरोध जनाएका छन् ।

एटीपी काउन्सिल अध्यक्षका हैसियतले जोकोभिचले गत अप्रिलको तेस्रो साता राखेको उक्त प्रस्तावमा थिएमले फरक धारणा राखेका हुन् । थिएमले फण्डमा जम्मा हुने रकम वास्तविक कोरोना पीडितलाइ दिनुपर्छ भनेर विरोध गरेका हुन् । उनले भने,(“ईमानदारीका साथ भन्नुपर्दा टेनिस खेलाडीले बाँच्नका लागि नै लड्नु परिरहेका अवस्था छैन् । माथिल्लो र तल्लो वरियताका कुनै पनि खेलाडी भोकै छैनन् । त्यसैले म त्यस्ता संगठनहरुलाई सहयोग गर्न रुचाउँछु जसलाई वास्तवमै सहयोगको खाँचो छ ।“

गत अप्रिलमा जोकोभिचले तल्लो वरियताका खेलाडीहरुलाई सहयोग गर्न रिलिफ फण्ड बनाउने प्रस्ताव ल्याएका थिए । जुन अहिले बनिसकेको छ र ६ मिलियन अमेरिकी डलर पनि जम्मा भएको छ । उक्त फण्ड एसोसिएसन अफ टेनिस प्रोफेशनल्स (एटीपी), वोमेन्स टेनिस एसोसिएसन (डब्ल्यूटीए), इन्टरनेसनल टेनिस फेडेरेसन र चारवटै ग्राण्डस्लामका आयोजकहरुले ६ मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् ।

टेनिससँग सम्बद्ध उक्त सबै संगठनहरुले सोही फण्डमार्फत् कोरोनाबाट प्रभावित खेलाडीलाई सहयोग गरिने कुरा सार्वजनिक गरेको छ । उक्त संगठनका अनुसार, कोरोनाका कारणले टेनिस सीजन कम्तिमा पनि १३ जुलाईसम्म स्थगित रहेकोले एटीपी र डब्ल्यूटीएसँग जोडिएका करीब ८ सय खेलाडीहरुलाई अहिले आर्थिक सहयोग आवश्यक रहेको जनाईएको छ । उक्त फण्डले खेलाडीहरुको जर्सी लिलामी र भर्चुअल टेनिस म्याचबाट हुने आम्दानीको अंश पनि सहयोग गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्