इटाली सरकारद्वार कोरोना खोप विकास गरेका दावी



रोम(एजेन्सी)

कोरोना भाइरस महामारी संकट चुलिने क्रमसँगै यस संक्रमणको निदानका थुपै्र उपाय तथा औषधी उपयोग हुने दावी भइरहेको छ । यसबीच युरोपमा सबैभन्दा चपेटामा परेको इटालीले कोरोना भाइरस संक्रमण विरुद्धको खोप विकास गरेको दावी गरेको छ ।

यदी यो दावी सही भएमा मानव समुदायका लागि यो धेरै ठूलो जीवन दान हुनेछ, जो अहिले सामान्य जीवन यापनलाई त्यागेर घरमै बन्दी भएर बस्न बाध्य भइरहेका छन् ।

इटली सरकारले संक्रमणमा मानव कोषहरुमा हुने कोरोना भाइरसलाई समाप्त पार्ने एन्टी बडीज अर्थात प्रतिरोध क्षमता खोज गरेको जनाएको छ । कोरोना भाइरसका कारण विश्वभरी ३६ लाख हाराहारीमा मान्छेको ज्यान गइसकेको छ ।

साइन्स टाइम्समा प्रकाशित शोधमा रोमको संक्रामक रोगसँग लडिरहेको स्पालनजानी हस्पिटलमा उक्त खोपको परिक्षण गरिएको र मुसामा एन्टी बडिज तयार गरिएको उल्लेख गरिएको छ । त्यसपछि यसको प्रयोग मानवमा गरिएको र यसले आफनो असर देखाएको दावी गरिएको छ ।

रोमको लजारो स्पालनजानी नेसनल इन्स्टिच्युुट फर इन्फेक्सन डिजिजका शोधकर्ताहरुले जब यसको प्रयोग मान्छेमा गरे, उनीहरुले यसले कोषहरुमा रहेका भाइरस समाप्त पारेको देखे । यो युरोपको पहिलो अस्पताल हो जसल कोविड १९ का जिनोम सिक्वेन्सलाई अलग्याएको थियो ।

इटालीको यो दावी त्यसतो बेला आएको हो जब डब्ल्युएचओले कोविड १९ महामारीसँग सम्बन्धित विशेषज्ञहरुले एचआईभी र डेंगुको खोप नबेने जस्तै कोरोना भाइरसको पनि कुनै खोप नबन्ने दावी गरेको बताएको थियो । एचआइभीले विगत चार दशकमा ३ करोड ४० लाखको ज्यान लिइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस्