३ हजार प्रतिदिन मर्ने अनुमान, ट्रम्प भन्छनः फेक न्युज



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका सम्बन्धमा फेमा (एफईएमए)को बाहिर आएको जानकारीको खन्डन गर्दै त्यसलाई फेक न्युज भएको बताए ।

उक्त चुहावत भएको सुचनामा आगामी जुनमा देशमा प्रतिदिन मृत्यु हुनेको संख्या ३ हजार पुग्ने भनिएको छ । ट्रम्पले यसलाई सिधै झुठो भएको बताए । त्यसैगरी कोविड १९ मा निगरानी राख्दै आइरहेको एक अर्को संस्थाले अमेरिकामा १ लाख ३४ हजार मर्ने आशंका गरिएको छ ।

केही दिन अगाडी कोरोना भाइरसलाई लिएर दुई प्रकारका अनुमान बाहिर आए । यसमा एक अनुमान निजि संस्थाद्वारा ब्यक्त गरिएको हो ।

सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सनले संघिय आपतकालिन ब्यवस्थापन निकायको चार्टबाट जानकारी हासिल गरेको थियो र त्यसमा जुन १ देखि दैनिक मृत्यु हुनेको आंकडा ३ हजार पुग्ने उल्लेख छ । यो बर्तमान आंकडाको दुईगुणा हो । यो चुहावत भएको जानकारीका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने – यस विषयमा म केही जाँदिन । कसैले मलाई यसको बारेमा भनेको छैन ।

उनले भने – मलाई लाग्छ यो गलत हो र फेक न्युज हो । ह्वाइट हाउसले चुहावत भएको पुर्वानुमानको विषयमा कोरोना भाइरस टास्क फोर्स समक्ष आएको छैन । यसबीच सोमबार द इन्स्टिच्युट अफ हेल्थ मेटरिक्स एनड इभ्यालुएसनले पनि कोरोनालाई लिएर अनुमान बाहिर ल्याएको छ ।

जसमा अगस्ट ४ सम्ममा देशमा मर्नेको आंकडा १ लाख ३४ हजार मर्ने उल्लेख छ । यो आंकडा बर्तमानको भन्दा ७४ हजार बढी हो । अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म ६९ हजारको मृत्यु भइसकेको छ भने १० लाख भन्दा धेरै यसको चपेटामा आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्