परीक्षण नगरिएका औषधिहरु प्रयोग नगर्न अनुरोध



न्युयोर्क सिटी, (एजेन्सी)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उपचारका क्रममा परीक्षण नगरिएका स्थानीय औषधिहरु प्रयोग नगर्न अनुरोध गरेको छ । कम्तिमा तीनवटा अफ्रिकी मुलुकका राष्ट्र प्रमुखले ठूलो परिमाणमा जडिबुटी टनिक आयात भइरहेको दाबी गरेपछि डब्ल्यूएचओले यो सुझाव दिएको हो ।

मादागास्कारका राष्ट्रपतिले त एउटा जडिबुटी औषधिबाट कोरोना भाइरसको सफल उपचारै हुने दाबी गरेका थिए । तर त्यो दाबीलाई कुनै पनि वैज्ञानिक पुष्टि प्राप्त छैन ।

मादागास्कारकै राष्ट्रिय चिकित्सा प्रतिष्ठानले समेत त्यस औषधिको प्रभावकारितामाथि शंका प्रकट गरेको छ । एउटा विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओले परम्परागत औषधिको प्रयोगलाई आफूले पनि स्वागत गर्ने तर तिनीहरुको पहिला राम्ररी परीक्षण हुनुपर्ने जनाएको छ ।

गत महिना मादागास्करका राष्ट्रपति एन्ड्रि राजोएलिनाले आर्टेमिसिया जडिबुटीमा आधारित तथा २० जा भन्दा कम मानिसमाथि परीक्षण गरिएको औषधि कोरोना उपचारको प्रयोगमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्