मास्क विवादमा गार्डको हत्या



वासिङ्टन, (एजेन्सी)

अमेरिकामा एक महिला र उनका पति तथा छोरालाई सुरक्षा गार्डको हत्या गरेको अभियोग लगाइएको छ ।
तिनीहरुका छोरीलाई मास्क नलगाएको कारण एउटा पसलमा छिराउन नदिएको झोंकमा तिनीहरुले शुक्रबार ४३ वर्षीय काल्भिन मनर्लिनको टाउको पछाडि गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को सबैभन्दा बढी प्रभावित राज्य मिचिगनको फिलन्टस्थित फेमिली डलर स्टोरमा यो घटना घटेको हो । ४५ वर्षीया महिला सर्मल टिगुकी छोरीलाई मास्क नलगाइ पसलमा आउन नसकिने बताएको केही क्षणपछि नै उनका ४४ वर्षीय पति ल्यारी टिगु र २३ वर्षीय छोरा रामोनिया बिसपले सांघातिक आक्रमण गरेका थिए ।

सार्मेल टिगुलाई प्रहरीले पक्राउ गरेको छ भने उनका पति र छोरा अझै फरार रहेका छन् । तर उनकी छोरीलाई भने कुनै पनि अभियोग लगाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्