लकडाउनमा घरेलु हिंसा २० प्रतिशतले वृद्धि



लन्डन (एजेन्सी)

कोरोना भाइरस संक्रमणको महामारीले विश्वको ठुलो आवादी घरमै कैद हुन बाध्य भइरहेको छ । अधिकांश विश्वमा लकडाउनसँगै घर घरमा पारिवारिक कलह बढिरहेको समाचार पनि आइरहेको छ ।

युएन पपुलेसन फन्ट (युएनपीएफ)का अनुसरा विश्वभरी लकडाउनका कारण घरेलु हिँसामा २० प्रतिशत बृद्धी भएको छ । प्रतिबन्ध रहेसम्म यो बर्ष विश्वभरी घरेलु हिँसाका १ करोड ५० लाख मामिला आउन सक्ने अनुमान गरिएको छ । यो नयाँ आंकडाले आगामी दशकमा महिलाको राम्रो जीवनस्तरको अपेक्षालाई धमिलो पार्दै लगेको छ ।

युएनपीएएफका अनुसार गत तीन महिनामा विश्वभरीमा ४ करोड ४० लाख महिला प्रतिबन्धका कारण गर्भ निरोध उपायको प्रयोग गर्नबाट बन्चित भइरहेका छन् । यी महिला १ सय १४ निम्न तथा मध्यम आय भएका देशहरुमा रहेका छन् । यसले गर्दा करिब १० लाख महिला अनिच्छुक गर्भधारणका लागि बाध्य हुनेछन् । अर्को कहाली लाग्दो अनुमान भनेको प्रतिबन्दका कारण १० देखि ५३ लाख युवतीको उमेर नपुग्दै विवाह हुन सक्ने सोधकर्ताहरुले बताएका छन् । १ करोड ३० लाखको बालविवाह हुन सक्छ । यसले बालविवाह विरुद्धको भइरहेका सम्पुर्ण कार्यक्रम निस्फल हुनेछ ।

इन्टरनेसनल प्लान्ड पेरेन्टहुड फेडरेसनका अनुसार कोराना संक्रमणपछि ६४ देशमा ५ हजार भन्दा बढी क्लिनिक बन्द भएको छन् । प्रतिबन्दका कारण ३० लाख अनिच्छुक गर्भ हुन सक्ने मेरी स्टप्स इन्टरनेसनलले अनुमान गरेको छ । करिब २७ लाख असुरक्षित गर्भपात हुन सक्छ । ११ हजार भन्दा धेरैको गभावस्थासँग सम्बन्धित मृत्यु हुन सक्छ ।

युएनपीएफकी कार्यकारी निर्देशक नातालिया कानेमका अनुसार यो आंकलन विश्वभरीबाट प्राप्त आंकडामा आधारित हो । हरेक देशका प्रशासनले कोविड १९ र लकडाउनका कारण घरेलु हिँसामा बृद्धी भइरहेको बताएका छन् ।

यी आंकडा युएनपीएफ र त्यसको साझेदार पार्टनर एवेनिर हेल्थ, जोन्स हपकिन्स युनिभर्सिटी, विक्टोरिया युनिभर्सिटीले विश्लेषण गरेको हो । यसबाट विगत ३ महिनामा संयुक्त राष्ट्र संघका १ सय ९३ सदस्य देशमा घरेलु हिँसाका घटनामा २० प्रतिशत बृद्धी देखाएको छ ।

यदी विश्वभरी लकडाउन बढाइएमा हरेक तीन महिनामा घरेलु हिँसाका १ करोड ५० लाख अतिरिक्त घटनाहरु आउन सक्ने शोधकर्ताहरुले अनुमान लगाएका छन् । संयुक्त राष्ट्रले सन् २०३० सम्ममा यस प्रकारा घटनामा दुई तिहाई कमी ल्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्