कोरोनाले मृत्युको आंकडामा सबै रोगलाई उछिन्यो



लन्डन (एजेन्सी)

चीनियाँ सहर वुहानमा जनवरी ९ मा कोविड १९ बाट पहिलो मृत्यु भएको थियो । त्यो बेला देखि यो विश्व महामारीबाट करिब अढाई लाखको मृत्यु भइसकेको छ । कोरोनाले सार्स, निपाह, मर्स र इबोला महामारीबाट भएका कुल मृत्युको आंकडालाई पहिले नै उछिनिसकेको छ । अब यसले अन्य प्रचलित रोगका कारण हुने गरेका मृत्युलाई पनि पछाडी पारिसकेको छ ।

एक अनुसन्धान अनुसार विश्व स्तरमा करिब कुनै पनि कुराको तुलनामा कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भइरहेको नतिजाले देखाएको छ । ग्लोबल बर्डन अफ डिजिज स्टडीका अनुसार हरेक हप्ता मधुमेहबाट २० हजार, सडक दुर्घटनामा २५ हजार, फोक्सो तथा स्वास नलीको क्यान्सरबाट ३६ हजार, निमोनिया तथा ब्रोन्काइटिस जस्ता फोक्सोको संक्रमणबाट ४९ हजार औषत मृत्यु हुने गरेको छ ।

अप्रिलको एक हप्तामा कोरोना भाइरसबाट विश्वमा ५० हजार भन्दा धेरैको मृत्यु भयो । ग्लोबल बर्डनले डिजिज स्टडीको प्रतिवेदन हरेक बर्ष १ सय ९५ देशबाट २ सय ८२ प्रकारका रोगको आंकडा समावेश गरि तयार गरिन्छ ।

यो रोगका असर मानिसहरुको मानसिक स्वास्थ्यमा परिरहेको छ । जस्तो रुसमा मार्चमो अन्तिम हप्ता भोड्काको विक्री ३१ प्रतिशतले बढ्यो । अमेरिकामा मार्चमा बन्दुकको विक्री ८५ प्रतिशतसम्म बढेको थियो । अत्यधिक मदिरा र हतियारको उपयोग आत्महत्याहरुमा पनि हुनसक्ने बताइएको छ ।

यद्यपी विगत केही हप्तामा साप्ताहिक कोरोनाबाट भइरहेको मृत्युको आंकडामा गिरावट आइरहेको छ । अप्रिल २९ को अन्तिम हप्तामा ४० हजार भन्दा कम मृत्यु भयो । धनी देशमा यस रोगको सबैभन्दा खराब समय सम्भवत गइसकेको छ । तर अब गरिब देश यो सँग कसरी लड्छ र यसको कस्तो असर रहन्छ भन्नेमा चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्