उडानमा सबैलाई मास्क अनिवार्य



न्युयोर्कसिटी, । अमेरिकाका केही प्रमुख एयरलायन्सहरुले कोरोना भाइरसको माहमारी फैलिन नदिन यात्रुहरुलाई उडानमा मास्क लगाउनुपर्ने नयँँ नियम बनाएका छन् । यसै सातादेखि ती ठूला अमेरिकी एयरलायन्सहरुले नयाँ स्वास्थ तथा सुरक्षा नीतिअन्तर्गत यात्रु र चालक दलका सदस्यहरुलाई मास्क अनिवार्य गरेका हुन् ।

विश्वका अन्य मुलकका एयरलायन्सहरुले पनि आफ्ना उडानहरु पुनः चालु गर्दा यस नियमलाई अनुसरण गर्ने भएका छन् । कोरोना भाइरसको कारण भारी नोक्सानी बेहोरिरहेका सम्पूर्ण एयरलायन्सहरुले यसलाई अस्थायी रुपमा मात्र लागू गर्न लागेका हुन् ।

सोमबारदेखि नै युएस क्यारियर डेल्टाले उडानलगायत चेक इन क्षेत्र , प्रिमियम लाउन्ज र बोर्डिंग गेट क्षेत्रहरुमा मास्कलाई अनिवार्य गरेको छ । अमेरिकन एयरलायन्स र युनाइटेडले पनि आफ्नो सेवा सुचारु गर्दा यस नियमलाई कार्यान्वयन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्