अर्जुनकुमारले चित्र बेचेर लकडाउन पीडितलाई सघाउने



थोरैलाई मात्र थाहा छ फिल्म निर्माता अर्जुनकुमार गायक र संगीतकारका साथमा कुशल चित्रकार पनि हुन्। तर उनको यो कला फिल्म निर्माण र गीत संगीतले छोप्ने गर्दछ।

तर लकडाउनका समयमा अर्जुनकुमारले आप्नो चित्रकलालाई फेरि अगाडि बढाएका छन्। लकडाउनको समयलाई सदुपयोग गर्दै उनले यो बीचमा विभिन्न प्रकाका करिब ३ दर्जन चित्र तयार पारेका छन्।

ललितकला क्याम्पसमा फाइन आर्ट पढेका उनले खासमा लकडाउनको समयमा आप्mनो सौख पूरा गर्न चित्र कोरेका थिए। अब ती चित्र उनले बिक्रीमा राखेका छन्। उनले बनाएका ३४ तस्वीरलाई जोसुकैले खरिद गर्न सक्छ।

उनले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न आफूले कोरेका चित्र बिक्री गर्न लागेका हुन्। यद्यपि उनले आप्mनो सिर्जनाको मूल्य तोकेका छैनन्। चित्रकलाको बिक्रीबाट संकलन हुने सम्पूर्ण रकमले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने अर्जुनकुमारले बताए।

प्रतिक्रिया दिनुहोस्