स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, सबै नेपालीको अवस्था सामान्य



न्युज अफ नेपाल, स्पेन ।

स्पेनमा हालसम्म कोरोना भाईरस संक्रमित २ लाख ४८ हजार ३ सय १ जना रहेका छन् । यसैगरी २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने स्वास्थ्य लाभगरी १ लाख ५१ हजार ६ सय ३३ जना घर फर्किएका छन् ।

२ हजार २ सय ५४ जना आइसियुमा छन् भने ६८ हजार ९ सय ८६ जना संक्रमित सामान्य अवस्थामा छन् ।  कोरोना संक्रमणबा लागि लगाएका प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेसँगै संक्रमणको स्थिति पनि नियन्त्रणमा आएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा १६४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्पेनमा कोरोना संक्रमणको प्रकोप सुरु भएदेखि यता मृत्यु हुनेको संख्या २५ हजार ४२८ पुगेको छ ।

स्पेनमा २६ अप्रिलदेखि लकडाउनका केही प्रतिबन्धहरु खुकुलो बनाउन सुरु गरिए पनि ९ मेसम्म देशव्यापी लकडाउन भने जारी रहने बताइएको छ । शनिबारदेखि मानिसहरुलाई व्यायामका लागि घरबाहिर जान दिइएको  छ । २ अप्रिलमा एकैदिन ९४० कोरोना संक्रमितको मृत्यु भएपछि कोरोना संक्रमणको उच्चस्तर पार भएको स्पेनी स्वास्थ्य अधिकारीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्