आगामी वर्षसम्म थियटर बन्द !



लन्डन,(एजेन्सी)
वेलायतका थियटर प्रोड्युसर सर क्यामरुन म्याकिन्तोसले वेस्ट एन्ड र ब्रोडवे थियटर आगामी वर्षको शुरुसम्म कुनै पनि कार्यक्रम आयोजना गर्न सक्ने स्थितीमा नरहेको सोमवार बताएका छन ।

विविसि रेडियो २ का पत्रकार माइकल बललाई उनले भनेका छन् , ‘ सामाजिक दूरी कायम राख्नुपर्ने अवस्था रहुन्जेल थियटरहरु पुन संचालनमा आउनु असम्भव छ । हामी दशक र कलाकारहरु दुवैका स्वास्थ सुरक्षित हुन् भन्ने चाहन्छौं । ’

विश्वका अन्य मुलकहरुमा पनि कोरोना भाइरस महामारीका कारण थियटरहरु अनिशिचत कालका लागि बन्द गरिएका छन् । हाललाई वेलायतमा वेस्ट एन्डका सम्पूर्ण कार्यक्रम कमितमा ३१ मे सम्मका लागि बन्द गरिएका छन् ।

सर क्यामरुन प्रतिष्ठित थियटर मालिक तथा प्रस्तोता हुन् । उनले ‘ क्याटस ’ , ‘ लेस मिजरेबल्स ’ तथा ‘ फयनटम ’ जस्तो संगीतमय ओपेरा मन्चन गरिसकेका छन् । उनको भनाईलाई समर्थन गर्दै अन्य थियटर मलिकहरुले पनि आफ्ना व्यवशाय बचाउन सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउन आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्