भारतमा कोरोनाबाट ४२ हजार ५ सय ३३ संक्रमित



एजेन्सी ।

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ७२ कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै भारतमा कुल मृतकको संख्या १ हजार ३ सय ७३ पुगेको हो ।

भारतमा कुल कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ३३ जना रहेका छन ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा पाँच हजार चार सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ९० जनाको मृत्यु भइसकेको छ । मध्ये प्रदेशमा पनि दुई हजार आठ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो राज्यमा एक सय ५६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्या दुई हजार ६ सय ४५ पुगेको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि नौ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि अहिलेसम्म पाँच सय तीन जनामा भाइरसको संक्रमण देखिँदा चारजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्