अमेरिकीहरु कोरोना योद्धाका लागि विलासी भ्यान सहयोग गर्दै



क्यालिफोर्निया (एजेन्सी)

अमेरिकामा कोरोनाभाइरसबाट ११ लाख भन्दा बढी संक्रमित भइसेकेका छन् र ६७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमा संक्रमित विरामीको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरु पनि परेका छन् । विश्व महामारी कोरोना संक्रमणसँग लड्न दिनरात खटिरहेका विश्व भरीका डाक्टर तथा स्वास्थ्यकर्मी नै निर्बिकल्प योद्धा हुन् ।

कोरोना वारियर्सहरुको यो अथक प्रयासलाई हेरर अमेरिकामा नागरिकहरु उनीहरुलाई हरसम्भव मद्दत गरिरहेका छन् । यस क्रममा क्यालिफोर्निया र मिसिगनका नागरिक ती डाक्टर, नर्स र स्वास्थ्यकमीहरुलाई आफ्ना विलासी आरवी अर्थात रिक्रिएसन भ्यान निशुल्क प्रयोग गर्न दिइरहेका छन् ताकी उनीहरुलाई यसमा घर जस्तो सुविधा र आराम मिलोस् र उनीहरुका परिवारलाई संक्रमणबाट बचाउन सकुन् ।

कोरोना संक्रमित विरामीको उपचारमा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु आफु र आफना परिवारजनलाइ संक्रमण हुन सक्ने भयले घर नै जाने गरेका छैनन् ।

कोरोना योद्धाहरुलाई मद्दत गर्ने यो अभियानमा १५ हजार भन्दा बढी आवद्ध भइसकेका छन् र अहिलेसम्म २ हजार ५ सय भन्दा धेरै डाक्टर, नर्स र स्वास्थ्यकमीलाई यो भ्यान दिइसकेका छन् । यो सुविधा पाउनेमा एक जना मिसिगनकी नर्स पेटी कात्जे हुन् । उन बोनसन हस्पिटलको आईसीयूमा काम गर्छिन् । अहिले उनी करेन र स्टिव लेम्बर्टले दिएको आरवीको प्रयोग गरिरहेकी छन् । उनीहरु २ किलोमिटर दुरीबाट पेटीजका लागि भ्यान लिएर आएका हुन् ।

स्टिव भन्छन् – हामीले यो ठुलो संसाधन भएको महसुस गर्यौं, जसको प्रयोग भइरकेको छैन । त्यसैले यसलाई कारोना फाइटर्सका लागि दिने निर्णय गर्यौं । जब हामीलाई थाहा भयो, यो पेटिजलाई यसको आवश्यक छ, हामीले भ्यान पुर्याइदियौं ।

पेटिजले भ्यान सुविधा पाएपछि भनिन् – उनीहरुले मेरो काँधबाट धरै ठुलो बोझ हटाइदिएको छ । मलाई ५ र ६ बर्षका बच्चा र आमाको चिन्ता थियो । किड्नी ट्रान्सप्लान्ट हुनुले आमालाई कोरोनाको गम्भिर खतरा हुन सक्छ । अब घर नजिक छु, त्यसैले टाढाबाटै सही, एक अर्कालाई देख्न सकिन्छ ।

करिब ४० हजार डलर मुल्य पर्ने उक्त वाहनमा भान्छा, फ्रिज, ट्वाइलेट, टेलिभिजन, बेडरुम, सोफा, जस्ता सुविधा पनि छन् । यसको छत उठाएर अग्लो पनि पार्न सकिन्छ । यसलाई मोटरहोम वा क्याम्पर पनि भन्ने गरिन्छ । अमेरिकामा औषत ४६ बर्षका उमेरका हरेक ब्यक्तीसँग यसतो भ्यान हुने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्