अमेरिकी राज्यहरुमा टेस्ट किट र उपकरणको अभाव, ट्रम्प अरुलाई दोष दिन ब्यस्त



वासिंगटन (एजेन्सी)

कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित अमेरिकामा टेस्ट किट तथा उपकरणको अभावका बीच यस संक्रमणसँग लडिरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्टिंग तथा आवश्यक उपकरणको ब्यवस्था गर्ने जिम्मेवारी राज्यहरुको काँधमा हालेकोेले राज्य गभर्नरहरु यसको चाँजोपाँजो मिलाउन दिनरात एक गरी लागिरहेका छन् ।

केन्द्र सरकारले राज्यहरुलाई केही सरसामान आपुर्ति गरिरहेको पनि छ । तर धरैजसो राज्य आफनै स्तरमा ब्यवस्था मिलाइरहेका छन् । त्यहाँका सरकार स्वयं सामान मगाइरहेका छन् । संकट गहिरिएको बावजुद राष्ट्रपतिको नितिले कठिन स्थिति उत्पन्न गराइरहेको आरोप छ । गभर्नरहरुलाई अब आआफ्नो राज्यमा लकडाउन खोल्ने सम्बन्धमा सबैभन्दा कठिन फैसला गर्नु पर्नेछ ।

राष्ट्रपति ट्रम्प तीन चरणमा कारोबार शुरु गर्न चाहन्छ र त्यसबाट जनजीवन सामान्य बनाउने सुरुवाट हुनु पर्ने उनको मनसाय रहेको छ । कयौं राज्इमा प्रतिबन्ध हटाउने पक्षमा विगत केही दिन देखि प्रदर्शन भइरहेका छन् । गभर्नर समक्ष जनताको स्वास्थ्य र आर्थिक गतिविधि बीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न तेर्सिएको छ ।

ट्रम्पको निति र ब्यवहारका कारण केही राज्यका गभर्नरले एक अर्कासँग सम्पर्क गरिरहेका छन् । मेरिल्यान्डका गभर्नर ल्यारी होगनले यसको पहल गरिरहेको छ । होगन नेसनल गभनर्स एसोसिएसनका प्रमुख पनि हुन् । उनी ट्रम्पको रिपब्लिकन पार्टीका हुन् ।

उनी ट्रम्पको खुलेर विरोध गर्छन् । होगनले टाइम अखबारलाई आफुले विगत २४ घन्टामा न्युयोर्क गभर्नर एन्ड्रयु कुओमो, इलिनोयका गभर्नर जेबी प्रिट्जकर र एरिजोनका गर्भनर डग ड्युसीसँग सम्पर्क गरिसकेको बताए । ट्रम्प राष्ट्रिय स्तरमा तालमेल मिलाउनु सट्टा सँधै आफनो कामलाई सही भएको र अरुलाई दोष दिनमै तल्लिन रहेको उनको आरोप छ ।

होगनले जुलाइमा एनजीए अध्यक्षको पद सम्हालेका थिए । फेब्रअरीको सुरुवाटमा वासिंगटनमा भएको गभर्नरहरुको सम्मेलनमा पनि ट्रम्पले कोरोना भाइरसलाइ हल्का रुपमा लिइरहेका थिए । उनले भनेका थिए, कोरोना आफैं हराउँछ । होगनले गभर्नरहरुलाई भाइरसका सम्बन्धमा जानकारी दिन विशेषज्ञहरुको बैठक बोलाएका थिए ।

त्यसमा राष्ट्रिय एलजी संक्रामक रोग संस्थानका निर्देशक डाक्टर एन्थोनी फोसी र रोग नियन्त्रण रोकथाम केन्द्र प्रमुख डाक्टर रोबर्ट रेडफिल्ड पनि सहभागी थिए । त्यतिबेलै विशेषज्ञहरुले भाइरसको गम्भिर नतिजाका बारेमा चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्