सीमा क्षेत्रमा गोली हानाहान



सोल, (एजेन्सी) ।

उत्तर र दक्षिण कोरिया विभाजित गर्ने गैरसैनिक क्षेत्रमा आइतबार दुई पक्षबीच गोली हानाहान भएको छ । सोलको सेनाले उत्तर कोरियातर्फबाट प्रहार गरिएको गोलीबाट मध्यसीमा शहर चेओरोनको सीमा चौकीका आफ्नो एक जना सैनिक घाइते भएको जनाएको छ ।

दक्षिण कोरियाको तर्फबाट पनि प्रत्युत्तरमा दुई राउन्ड फायर गरी चेतावनी दिइएको सोलको सेनाले जनाएको छ । के कारण यसरी गोली हानाहान भयो भन्ने स्पष्ट भइसकेको छैन ।

दक्षिण कोरियाले सैनिक हटलाइनमार्फत उत्तर कोरियासँग सम्पर्क गरी यथार्थ बुझ्ने कोसिस गरिरहेको बताइएको छ । दक्षिणले पहिले उत्तरले नियतवश नै कहिलेकाहीं यस्तो काम गर्ने गरेको बताउँदै पछिल्लो घटनाको वास्तविकता खुल्नै बाँकी रहेको जनाएको छ ।

शुरुदेखि नै किम सकुशल रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम स्वस्थ रहेको प्रमाणसहितका समाचार बाहिर आएपछि खुसी प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्