किमको नाडीमा रहस्यमय डाम



सोल, (एजेन्सी) ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले शनिबार लामो समयदेखि सार्वजनिक नभएका ३८ वर्षीय सर्वोच्च नेता किम जोङ उनले सुन्चोन फोस्फेटिक रसायनिक मल कारखानामा विद्युतीय सवारीसाधन चलाउँदै गरेको तस्वीर सार्वजनिक गरेको थियो ।

एन के न्युजले सो तस्वीरमा उनको नाडीमा रहस्यात्मक डाम देखिएको जनाएको छ । तर सो डामबारे कुनै सूचना बाहिर आएको छैन । तर संयुक्त राज्य अमेरिकाका एक जना चिकित्सा विशेषज्ञले भने सो डाम हालै गरिएको उनको मुटुको शल्यक्रियाको क्रममा दायाँ धमनीमा प्वाल पार्दा भएको उपचार प्रक्रिया हुनुपर्ने बताएका छन् ।

शुक्रबार उनलाई हँसिलो मुद्रामा सो कारखानाको उद्घाटन गरेको तस्वीर र भिडियोमा देखिएको थियो । करिब तीन सातासम्म अन्तर्राष्ट्रिय जगत्मा उनको मृत्युसमेत भइसकेकोसम्म हल्ला चलेको थियो । यो कारखाना राजधानी प्योङयाङदेखि करिब ३० माइल उत्तरमा पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्