सिमाक्षेत्रमा गोली हानाहान



सोल,एजेन्सी ।

उत्तर र दक्षिण कोरिया विभाजित गर्ने गैर सैनिक क्षेत्रमा आइतवार दुई पक्षबीच गोली हानाहान भएको छ । सोलको सेनाले उत्तर कोरियाका तर्फबाट प्रहार गरिएको गोलीबाट मध्य सिमा शहर चेओरोनको सिमा चौकीका आफ्नो एकजना सैनिक घाइते भएको जनाएको छ ।

दक्षिण कोरियाको तर्फबाट पनि प्रत्युत्तरमा दुई राउण्ड फायर गरी चेतावनी दिइएको सेनाले जनाएको छ । के कारण यसरी गोली हानाहान भयो भन्ने स्पष्ट भइसकेको छैन ।दक्षिण कोरियाले सैनिक हटलाइन मार्फत उत्तर काोरियसंग सम्पर्क गरी यथार्थ बुझ्ने कोसिस गरिरहेको बताइएको छ ।

दक्षिणले पहले उत्तरले नियतवश नै कहिलेकाहीँ यस्तो काम गर्ने गरेको बताउँदै पछिल्लो घटनाको वास्तविकता खुल्नै बाँकी रहेको जनाएको छ । शुरु देखि नै किम सकुशल रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम स्वस्थ रहेको प्रमाण सहितका समाचार बाहिर आएपछि खुशी प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्