मलेसियामा आप्रवासीहरुलाई धमाधम पक्राउ गरिदैँ



क्वालालम्पुर,(एजेन्सी)

मलेसियाली प्रहरीले कोभिड १९ को महामारी घटाउने उद्देश्यले हालै राजधानी क्वालालम्पुर स्थित आवश्यक कागजात नभएका सयौं आप्रवसीलाई गिरफतार गर्ने अभियान चलाइएको जनाएको छ । प्रहरी प्रमुख अब्दुल हमिद बादोरले तिनीहरुले लापरवाही गरी यताउता हिँडेर भाइरस फैलाउला भन्ने सन्त्रासका कारण तिनीहरुलाई नियन्त्रणमा लइएको सरकारी समचार निकायलाई जानकारी गराएका छन् ।

सार्वजनिक भएका तस्वीरहरुमा विशेष प्रतिरोधात्मक पोशाक लागएका ठूलो संख्यामा सुरक्षाकर्मीले तिनीहरुलाई पक्राउ गरिरहेको देखिन्छ । राजधानीस्थित विदेशीहरुको वासोवास हुने विभिन स्थानमा छापा मारिएको हो । तर संयुक्त राष्ट्र संघले मलेसियाली सरकारलाई बालबालिका तथा जोखिममा परेका व्यक्तिहरुलाई तत्कालै हिरासत मुक्त गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्