बफेटले एयरलायन्सका सबै सेयर बेचे



लन्डन,(एजेन्सी)

अर्वपति लगानीकर्ता वार्रेन बफेटले आफ्नो कम्पनी बर्कशायर ह्याथवेले आफ्नो सम्पूर्ण सेयर चारवटा ठूला अमेरिकी एयरलायन्सलाई बिक्रि गरेको घोषणा गरेका छन् । सेयर होल्डरहरुको वार्षिक बैठकमा बोल्ने क्रममा उनले भनेका छन् , ‘ कोरोना भाइरसको कारण विश्व परिवर्तन भएको छ । एयरलाइन उद्योगमा लगानी गर्नु मेरो गल्ती रहेछ । ’

वर्कशायर ह्याथवेले पहिलो त्रैमासिक घाटा नै कूल ५० अर्व अमेरिकी डलर पुगेको घोषणा गरेको केहि घन्टाापछि नै उनले आफ्नो लगानी प्रति पश्चाताप गरेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ ।

कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कम्पनीको डेल्टा एयर लायन्समा ११, अमेरिकन एयरलायन्समा १०, साउथवेस्ट एयरलायन्स १० र युनाइटेड एयरलायन्समा ९ प्रतिशत सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्