रुसमा एक दिनमा १० हजार नयाँ कोरोना संक्रमित



मस्को (एजेन्सी)

रुसका लागि शनिबार अत्यन्त खराब दिन रह्यो । यहाँ एक दिनमा कोरोना भाइरस संक्रमण किर्तिमान ९ हजार ६ सय २३ मा देखिए । यो एक दिनमा ५७ मा मृत्यु भएको छ ।

देशको सबैभन्दा प्रभावित राजधानी मस्कोका मेयर सेजु साबयानिनले मस्कोमा करिब ३ प्रतिशत अर्था २ लाख ५३ हजार ८ सय कोरोना पोजिटिव हुन सक्ने अनुमान गरेका छन् ।

देशमा राजधानी कोरोना भाइरसको हटस्पट बनेको छ । देशमा आधिकारीक रुपमा १ लाख २४ हजार ५४ जनामा कोरोना पोजिटिव पुष्टि भइसको छ । यसमा देशका प्रधानमन्त्री मिखाइल मिसुस्टिन पनि परेका छन् ।

रुसमा अहिलेसम्म १ हजार २ सय २२ को मृत्यु भइसकेको छ । शनिबार भएको ५७ मृत्युमा ३७ मस्कोमा भएको हो । मस्कोमा अनुमानित मामिला विश्वमा अन्य चर्चित सहरको तुलनामा कम छ । रुसमा अहिलेसम्म ४० लाख टेस्ट भइसकेको छ । रुसमा अस्थायी शवगृह पनि निर्माण भइरहेको छ । यसले यहाँको स्थिति विग्रन सक्ने अनुमान गरिएको छ ।

हालै मात्र संक्रमणबाट ठीक भइसकेकाहरुमा पुन संक्रमण देखिएका घटनाहरु पनि आइरहेका छन् ।
रुसमा कोरोना संक्रमणबाट अहिलेसम्म २ बच्चाको मृत्यु भइसकेको छ र ११ बच्चा गम्भिर अवस्थामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्