रुसको महाबम तयार



मस्को (एजेन्सी)
कोरोना भाइरस महासंकटबीच रुसले विश्वकै सबैभन्दा ठूलो बमको डिजाइन तयार गरेको छ । विश्वमा विपत्ती ल्याउन सक्षम यो महाबमलाई रिमोटबाट विस्फोट गराउन सक्छ । भविष्यमा यदि रुस र पश्चिमी देश बीच युद्ध हुन्छ भने रुस यसलाई अन्तिम हतियारका रुपमा प्रयोग गर्न सक्ने मानिएको छ ।

परमाणु शक्ति सम्पन्न स्किफ मिसाइललाई अन्तिम हतियारका रुपमा प्रयोग गर्न डिजाइन गरिएको हो । स्किफ मिसाइलमा सिन्थेटिक रेडियोधर्मी तत्व कोबाल्ट ६० को प्रयोग गरिएको छ र यसबाट समुद्रको ठुलो हिस्सा र त्यसको नजिकका तटिय इलाकामा विध्वंश ल्याउन सक्ने बताइएको छ ।

यो क्षेप्यास्त्रले ६ हजार किलोमिटर दुरीसम्म मार हान्न सक्छ । ६० माइल प्रतिघन्टाको गतिमा कुनै पनि स्थानलाई निसाना बनाउन सक्छ । यसको उद्देस्य रुसलाई अब कसैले परास्त गर्न सक्दैन भन्ने सन्देश दिनु हो ।

यदि यो बम खसाल्ने हो भने यसले बेलायत द्विप वा अमेरिकी तटका कयौं जहाज नस्ट गर्न सक्छ र कयौं बर्षसम्म लागि त्यहाँको पानीमा विषाक्त गर्न सक्छ ।

यो बम यति ठुलो छ कि यसलाई समुद्रमा उतार्न एक विशेष जहाजको आवश्यक पर्छ । यसले भयावह र दिर्घकालिन नोक्सान पुर्याउन सक्छ । २५ मिटर लामा र १ सय टन तौलको यो महाबम समुद्री सतहबाट ३ हजार फिट मुनी कयौं बर्षसम्म त्यतिकै रहन सक्छ र आवस्यक परेको बेला यसको प्रयोग गर्न सकिने छ ।

फेबु्रअरीमा विशेषज्ञहरुले रुसको समुदैमा एक विशाल चिज देखेका थिए । शुरुमा पहिला यो रुसको सुनामी मेकर पोसेडन ड्रोनको परिमार्जित संस्करण हो भन्ने उनीहरुलाई लागेको थियो तर अब यो स्किफ मिसाइल हो भन्ने मानिएको छ । पोसेडनको पहिलो झलक सन् २०१५ मा देखिएको थियो ।

यो एक न्युक्लियर ड्रोन हो जसल कुनै पनि तटिय सहरमा सुनामी ल्याउन सक्छ । तर विशेषज्ञहरुका अनुसार यो बर्ष जुन चिज रुसमा देखिएको थियो, त्यो वास्तवमा स्किफ थियो ।

समुद्री परिक्षणका क्रममा यसलाई रुसको जहाज एकेडेमिक एलेक्सन्ड्रोवमा राखिएको थियो । यो हजाजलाई गोप्य तरिकाले अप्रिल १२ मा आर्कटिक बन्दरगाह सेवेरोमोस्र्कमा रुसकार नौसेनालाई सुम्पिएको थियो । यसलाई नौसेनाको गोप्य युनिट नम्बर ४००५६ लाई सुम्पिएको हो । यो युनिट गहिरो पानीमा शोधका लागि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्