इवोलाको औषधि सिफारिस



वासिंगटन,एजेन्सी।

अमेरिकाको खाद्यान्न तथा औषधि प्रशासन ( एफडिए ) ले आपतकालिन अवस्थामा कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि इवोलाको औषधि रेमडेसिभिर प्रयोग गर्ने अनुमति दिएको छ । यस अनुमति अनुसार अब देखि कोभिढ १९ का गम्भीर बिरामीहरु माथि यो एन्टि भाइरल औषधि प्रयोग गर्न पाइने भएको हो ।

हालै गरिएको चिकित्सकीय परिक्षणबाट यो औषधि गम्भीर बिरामीहरुको उपचारको समय छोट्याउनका लागि उपयोगी भएको पाइउको छ । तर जेहोस यसले बिरामी बचाउने दरमा महत्वपूर्ण सुधार ल्याउन सकेहिरहेको छैन ।

त्यसैले विबेषज्ञहरुले अमेरिकाको क्यालिफोर्निया स्थित गिलिड फर्मास्युटिकल कम्पनीले उत्पादन गरेको यो औषधिले कोराना भाइरसका लागि चमत्कारै सावित हुने रुपमा नलिन सल्लाह दिएका छन् । यस औषधिले भाइरसको जिनोमलाई आफ्नो प्रतिरुप बनाउने क्षमता रोक्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्