भारतमा लकडाउन थपिने संभावना



नयाँदिल्ली, (एजेन्सी) । 

भारतमा शुक्रवारको पछिल्लो तथ्यांक अनुसार ३५ हजार ३ सय ६५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने मर्नेको संख्या १ हजार १ सय ५४ पुगेको छ । स्वास्थ मन्त्रालयका अनुसार ९ हजार ६५ जाको उपचार सफल भएको छ । यसैगरी ३ मेमा भारतमा लकडाउनको अवधि सकिंदैछ ।

शुक्रवार सरकारले खतराको आधारमा ग्रिन र अरेन्ज जोनमा पर्ने जिल्लाहरुको सुचि सार्वजनिक गरेको छ । साथै संक्रमणको घटना तिव्ररुपमा बढिरहेकाले सरकारले आगामी केहि साता निर्णायक हुने जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको संघिय सरकारले ४ मे देखि लागु हुनेगरी नयाँ निर्देशिका घोषित हुने अनुमान गरिएको छ ।

थुप्रै राज्यका मुख्यमन्त्रीहरुले केन्द्रिय सरकारलाई लकडाउनको अवधि थप्न सुझाव दिएका छन् । तर पंजाव र पश्चिम वंगाल राज्यमा भने लकडाउनलाई केहि खुकुलो पारिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्