घरविहीनलाई संसद भवनमा आश्रय



ब्रसेल्स, (एजेन्सी) ।

बेल्जियमको ब्रसेल्स शहर स्थित एउटा युरोपेली संसद भवनमा एक सय जना घरवारविहिन महिलालाई आश्रय दिइएको छ । तिनीहरु मध्ये अधिकांश घरेलु हिंसाका शिकार तथा कोरोना भाइरस महामारीको कारण बेल्जियममा लगाइएको लकडाउनबाट नराम्ररी प्रभावित महिला रहेको प्रहरीले जनाएको छ ।

सिटी सेन्टरमा रहेको हेल्मुट कोह्ल विल्डिंगको एउटा अफिस ब्लकका ढोकाहरु बुधवार ति पिडित महिलाका लागि खुल्ला गरिएको थियो । त्यहाँका अफिस कोठाहरुलाई शयनकक्षमा परिणत गरिएका छन् । तिनीहरुलाई खाना र स्वास्थ उपचारको पनि सुविधा प्रदान गरिएको छ । दातृ समुह सामुसोशियलले कोभिड १९ को समस्या संगसंगै घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्