गुप्तचर निकाय ओझेलमा



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै गुप्तचर निकायहरुलाई ओझेलमा पर्ने गरी आफुले चीनको एउटा प्रयोगशालाबाट कोरोना भाइरस निस्केको प्रमाण देखेको अभिव्यक्ति दिएका छन् ।

यसअघि अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशनालयको कार्यालयले भाइरस कहाँबाट शुरु भयो भन्नेबारे अझै अनुसनधान भइरहेको जनाएको थियो ।

तर सो कार्यालयले कोभिड १९ मानव निर्मित वा आनुँवशिक रुपमा परिवर्तन गरिएको नभएको निशिचत भइसकेको पनि जनाएको थियो ।

चीनले प्रयेगशाला सिद्धान्त अस्विकार गर्दै कोभिड १९ प्रतिको अमेरिकी प्रतिक्रियाको आलोचना गरेको छ । कोरोना भाइरस चीनको हुवेइ प्रान्तको वुहान शहरबाट शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्