छुरा आक्रमणकारी मारिए


सिडनी,(एजेन्सी)
पश्चिमी अष्ट्रेलियाको पिल्वारा क्षेत्रको एउटा सपिंग सेन्टरमा छुरा आक्रमण गरी आतंक फैलाउने एक पुरुषलाई प्रहरीले गोली हानी मारेको छ ।

साउथ हेडल्यान्ड स्क्वायर सेन्टरमा भएको यस घटनामा थुप्रै व्यक्ति घाइते भएका छन् । घाइते मध्ये दुईजनाको स्थिती चिन्ताजनक रहेको अस्पताल सुत्रले जनाएको छ ।

परिचय नखुलेका ति आक्रमणकारीले लामो ज्याकेट लगाका थिए । प्रहरीले स्थितीलाइ पूर्ण नियनत्रणमा लिएर सुरक्षा पुनस्र्र्थापित गरिएको बताएको छ ।

हमलाको कारण पनि खुलेको छैन । यस क्षेत्रमा खानी र उद्योगहरुमा काम गर्नेहरुको बाक्लो वसोवास रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।